‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

पपुवा न्युगिनीले नेपाललाई दियो १७२ रनको लक्ष्य

काठमाडौँ  । त्रिकोणात्मक टी–२० सिरिजमा पपुवा न्युगिनी (पिएनजी) ले नेपाललाई जितका लागि एक सय ७२ रनको लक्ष्य दिएको छ । 

हङकङको मोङकोकस्थित मिसन रोड क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पिएनजीले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १७१ रनको योगफल बनाएको हो ।

 पिएनजीका लागि टोनि उराले अर्धशतक प्रहार गरे । उनले ६१ रन बनाए । यसैगरी एली नाओ ३० रनमा अविजित रहे ।  

नेपालका लागि कुशल भुर्तेल र आकाश चन्दले समान तीन/तीन विकेट लिए भने करण केसी र गुल्सन झाले समान एक/एक  विकेट लिए । 
 

प्रकाशित मिति : ३० फाल्गुन २०८०, बुधबार  २ : ०८ बजे