साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

विद्यालयको बसले किच्दा बालिकाको मृत्यु

बाँके । बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिका वडा नम्बर ९ ठाकुरद्वारामा रहेको विविएस मेमोरियल स्कुलको बसले किच्दा सोही विद्यालयमा अध्ययनरत ५ वर्षीया बालिका सबिता सुनारको मृत्यु भएको छ ।

ठाकुरद्वारादेखि शिवपुर जाँदै गरेको विद्यालयको ना ४ ख ६२७१ नं बसले किचेर बालिकाको मृत्यु भएको हो । बालिका बसबाट झरेर घरतर्फ जाने क्रममा बसको पछाडिको चक्काले किचेको थियो ।

घटना हुनासाथ एम्बुलेन्समा राखेर नेपालगञ्ज मेडिकल कलेज कोहलपुर पुऱ्याउन साथ डाक्टरले मृत घोषित गरेको पहरीले जनाएको छ । मृतक बालिकाको टाउको र गर्दनमा चोट लागेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कुशल सिंह ठकुरीले बताउनु भयो ।

स्थानीयबासीका अनुसार सविता घर जानका लागि बसबाट ओर्लिदा झोलाबाट बोतल खसेपछि टिप्दै गर्दा पछाडिको चक्काले किचेको थियो । गाडी अत्यन्त पुरानो भएको, गाडीमा सहचालक नभएको र चालकले बालिकालाई नदेखेर गाडी चलाउँदा दुर्घटना हुन पुगेको स्थानीयवासीले बताएका छन् । बालिकाका परिवारले विद्यालय र गाडी चालकको लापरबाहीका कारण बालिकाको ज्यान गएको आरोप लगाएका छन् ।

अभिभावक र विद्यालय बीच सहमति भएपछि शवको पोस्टमार्टम गरी परिवारको जिम्मा लगाएको प्रहरीले जनाएको छ । गाडी र गाडी चालक प्रहरीको नियन्त्रणमा राखिएको छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०८०, बुधबार  ८ : २२ बजे