साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

यी हुन् सहकारी ठगीमा फरार २९ जना

यी हुन् मन्त्रिपरिषदका दुई बैठकका १५ निर्णय (सूचीसहित)

काठमाडौं । फागुन २१ गते नयाँ सत्ता गठबन्धन बनेयता मन्त्रिपरिषद्का दुई बैठक बसेका छन् । गत फागुन २४ गते र यही सोमबार दुई पटक बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न १५ वटा निर्णय गरेका छन् ।

फागुन २४ को बैठकले २ वटा र सोमबार बसेको बैठकले १३ वटा निर्णय गरेको हो । सरकारले तीन प्रदेश प्रमुखलाई पदमुक्त गर्दै प्रदेश प्रमुख नियुक्त गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मधेश प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशको प्रदेश प्रमुखलाई पदमुक्त गरी सो ठाउँमा नयाँ व्यक्तिलाई नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको हो ।सरकारले मधेस प्रदेशको प्रमुखमा सुमित्रा भण्डारी, गण्डकी प्रदेशको प्रमुखमा डिल्लीराज भट्ट र सुदूरपश्चिम प्रदेशको प्रमुखमा नजिर मियाँलाई नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता रेखा शर्माले सोमबारको मन्त्रिपरिषद् बैठकका निर्णय मंगलबार सार्वजनिक गरेकी हुन् । मंगलबार नै फागुन २४ गते बिहीबारको मन्त्रिपरिषद् बैठकका निर्णय समेत सार्वजनिक भएका छन् ।

 

प्रकाशित मिति : २९ फाल्गुन २०८०, मंगलबार  ६ : ३२ बजे