सुनको मूल्यमा नयाँ कीर्तिमान

सुनको सिक्री नपाएको भन्दै मण्डपमै बिहे रद्द गर्ने बेहुलासहित आठ जना पक्राउ

जनकपुर । दाइजोमा सुनको सिक्री नपाएको भन्दै मण्डपमै बिहे रद्द गर्ने बेहुलासहित आठ जना पक्राउ परेका छन् ।

सुनको सिक्री नपाउँदा मण्डपमा नै विवाह अस्वीकार गरेका बारा कलैया उपमहानगरपालिका–४ घर भएका बेहुला उमेश साहसहित आठजना पक्राउ परेका हुन् ।

सोमबार राति  वीरगञ्ज महानगरपालिका–२४ रानीघाटका सुखल साहकी छोरी रमिता कुमारीसँग बरमाला विधि भइसकेपछि साहले सुनको सिक्री नदिएको भन्दै विवाह इन्कार गरेका थिए । बेहुलाले जन्ती फर्काउन खोज्दा प्रहरी पुगेर बेहुलासहित ८ जनालाई पक्राउ गरिएको वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक धर्मजंग थिङ्ले जानकारी दिनुभयाे ।

बेहुली पक्षले बिहे अघि नै बेहुलालाई नगद १२ लाख, मोटरसाइकल बापत ३ लाख २५ हजार, एक थान ल्यापटप, एक एक थान सुनको औठी र हनुमानको माला दाइजोमा दिइसकेको बताईएको छ ।

पक्राउ परेका बेहुलासहितलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सा पठाइएको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०८०, मंगलबार  ४ : ०० बजे