सुनको मूल्यमा नयाँ कीर्तिमान

नेप्से परिसूचक २१११.२४ विन्दुमा, ४ अर्बमाथिको सेयर कारोबार

काठमाडौं । दोस्रो सेयर कारोबार दिन आज नेप्से परिसूचक उच्च अंकले वृद्धि भएको छ। नेप्से परिसूचक ५८.५८ अंकले बढेर २१११.२४ विन्दुमा कायम भएको छ। यसअघि साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक २२ अंकले बढेको  थियो। सोमबार सार्वजनिक बिदा परेकाले कारोबार भएन।

यसदिन ३०५ कम्पनीको १ करोड ६ लाख ९ हजार ५९७ कित्ता सेयर ४ अर्ब ५५ करोड १६ लाख ३२ हजार ३४७.८२ रुपैयाँमा खरिदबिक्री भए। उच्च अंकले बढेको सेयर बजारमा पाँच कम्पनीको मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था,उन्नति सहकारी लघुवित्त वित्तीय,विन नेपाल लघुवित्त वित्तीय संस्था,स्वाबलम्बन लघुववित्त वित्तीय र जलपा सामुदायिक लघुवित्तीय संस्थाको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

कारोबार रकमका आधारमा शिवम् सिमेन्ट शीर्षस्थानमा रह्यो। सो कम्पनीको ३७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भयो। सोनापुरको २४ लाख मूल्य बराबरको सेयर कारोबार हुँदा सन नेपाल लाइफ इन्स्योरेन्सले १६ करोड,हिमालयन रिइन्स्योरेन्सले १५ करोड र माउन्टेन इनर्जी नेपालले ११ करोड बढि मूल्य बराबरको सेयर कारोबार गरे।

सबै उपसमूहका सूचक सकारात्मक देखिएका छन्। यसदिन लाइफ इन्स्योरेन्सको सूचक सर्वाधिक ५.४४ प्रतिशतले बढ्यो। कारोबारमा आएका २२० कम्पनीको मूल्य बढ्यो भने २२ वटाको मूल्य घट्यो । बाँकी ४ कम्पनीको मूल्य स्थिर रह्यो।
 

प्रकाशित मिति : २९ फाल्गुन २०८०, मंगलबार  ३ : ५३ बजे