सुनको मूल्यमा नयाँ कीर्तिमान

पशुपतिनाथ दर्शनका लागि आएका साधुसन्तलाई दक्षिणासहित बिदाई गरिँदै

काठमाडौँ । महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शन गर्नका लागि आएका साधुसन्तलाई आज दक्षिणासहित बिदाई सुरु गरिएको छ । 

आज बिहान ११ बजेदेखि साधुसन्त बिदाईको कार्यक्रम सुरु भएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव राजुकुमार खत्रीले बताउनुभयो । उहाँका अनुसार साधुसन्तलाई विभिन्न वर्गमा वर्गीकरण गरी स्तरअनुसार दक्षिणा दिएर बिदाई गर्न लागिएको हो । उहाँले बाबाहरुलाई स्तरअनुसार रु एक हजारदेखि नौ हजारसम्म दिन लागिएको बताउनुभयो । 

पशुपति क्षेत्र विकास कोषले स्वदेश तथा विदेशबाट आएका साधुहरुलाई पशुपति क्षेत्रमा खिर खुवाएर, दानभेटी, मिष्ठान्नप्रसाद दिएर बिदा गर्ने चलन रहेको जनाएको छ । बिदाइ गर्दा गुठी संस्थानले बाबाहरुलाई दक्षिणा दिने प्रचलन छ ।  

नागाबाबा, गोरखनाथ सम्प्रदायका नवनाथ बाबा, वैरागी, सन्यासी र सामान्य बाबाको वर्गीकरण गरी दक्षिणा दिने प्रचलन रहेको विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले बताउनुभयो ।

प्रकाशित मिति : २७ फाल्गुन २०८०, आइतबार  ३ : ४४ बजे