‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

वर्षाका कारण नेपाल र हङकङबीचको खेल रोकियो

काठमाडौं । ​​​​​​​नेपाल र हङकङबीच भइरहेको त्रिकोणीय टी २० आई सिरिजको पहिलो खेल वर्षाका कारण रोकिएको छ । हङकङको मङककमा नेपालले टस जितेर पहिला बलिङ गरिरहेको अवस्थामा पानी परेको हो । 

५ ओभरको खेल सकिँदा हङकङले एक विकेट गुमाएर ४३ रन बनाएको अवस्थामा पानी परेपछि अम्पाएर कभर बोलाएका थिए । खेलमा नेपालका लागि करण केसीले पहिलो बलमै मार्टिन कोटजीको विकेट लिए पनि त्यसपछि अंशुमन रथ र निजकात खानले खुलेर ब्याटिङ गरेका थिए । 

सिरिजमा अर्को टिम पपुपा न्युगिनी सहभागी छ । यसअघि नेपालले शनिबार एक मात्र खेलको फ्रेन्डसिप कप हङकङसँग खेलेको थियो । जसमा नेपाल ७३ रनले पराजित भएको थियो । 

प्रकाशित मिति : २७ फाल्गुन २०८०, आइतबार  १२ : ०८ बजे