सुनको मूल्यमा नयाँ कीर्तिमान

शर्मिलाले फिर्ता लिइन् कँडेलविरुद्धको दुर्व्यवहारसम्बन्धी मुद्दा

काठमाडौं । दोहोरी कलाकार शर्मिला श्रेष्ठले इन्द्रेणीका सञ्चालक कृष्ण कँडेलविरुद्ध दिएको मुद्दा फिर्ता लिएकी छन् ।

कँडेलले आफूलाई यौन दुर्व्यवहार गरेको आरोप लगाउँदै उनले गत १४ फागुनमा कँडेल विरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेकी थिइन् ।

शर्मिलाले कँडेलसँग कुनै सहमति नगरी हिजो एकतर्फीरुपमा मुद्दा फिर्ता लिएकी हुन् ।

कँडेलले आफूलाई गलत नियतका म्यासेजहरू गरेको तथा कोठामा जान खोजेको आरोप शर्मिलाले लगाएकी थिइन् । एउटा पत्रकार सम्मेलनमा उनी धरधरी रुँदै कँडेलले गरेका म्यासेजहरू पढेर सुनाएकी थिइन् । त्यस क्रममा ‘कुरा गरौँ न म रुम मिलाउँछु नि’ भनेर कँडेलले पठाएको म्यासेज वाचन गर्दै उनले प्रश्न गरेकी थिइन्, ‘कुरा गर्न पनि रुम मिलाउनु पर्छ त ?’ उनको यो संवादलाई मनोरञ्जनका रूपमा लिँदै हजारौँले टिकटक र रिलमा भिडियोहरू बनाएका छन् । सामाजिक सञ्जालमा उनकाे याे आराेपकाे चर्को ट्रोल बनेकाे थियाे ।  यो क्रम अहिले पनि जारी छ । ट्रोल सहन नसकेर नै उनले मुद्दा फिर्ताको एकल निर्णय लिएको स्रोतको दाबी छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०८०, बुधबार  ६ : १४ बजे