काठमाडौं । नेकपा (एमाले) सचिव रघुवीर महासेठको नेतृत्वमा सरकारमा जाने भएको छ ।
महासेठलाई उपप्रधान तथा भौतिक योजना तथा निर्माण मन्त्रालयमा पठाउने तय भएको हो । एमालेबाट सात जना मन्त्री बन्नुहुनेछ । जसअन्तर्गत पदम गिरीले विना विभागीय मन्त्रीको शपथ लिइसक्नुभएको छ ।
गिरीलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइने तय भएको बताइएको छ । अन्य मन्त्रीको नाम आज साँझसम्म टुंग्याइने जानकारी दिइएको छ ।
पार्टीले मन्त्रीको शपथका लागि तयारी अवस्थामा बस्न निर्देशन दिएपछि सचिव महासेठ जनकपुरबाट आजै काठमाडौं आइसक्नुभएको छ ।
प्रकाशित मिति : २३ फाल्गुन २०८०, बुधबार २ : २८ बजे
प्रतिक्रिया