‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

नेदरल्यान्ड्सले जित्यो त्रिकोणात्मक टी-२० शृङ्खला, नेपाल ४ विकेटले पराजित

काठमाडौँ । त्रिकोणात्मक टी-२० सिरिजको उपाधि नेदरल्याण्डले जितेको छ । मंगलबार सम्पन्न फाइनल खेलमा नेदरल्याण्डले नेपाललाई ४ विकेटले पराजित गर्दै सिरिजको उपाधि जितेको हो ।

नेपालले दिएको १८५ रनको लक्ष्य पछाएको नेदरल्याण्डले १९.३ ओभरमा ६ विकेट गुमाउदै लक्ष्य पूरा गरेको थियो । यसअघि टस जितेर पहिला ब्याटिंङ गरेको नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै १८४ रन बनाएको थियो ।

नेपालका लागि आसिफ सेखले सर्बाधिक ४७ रन बनाए भने गुलशन झाले ३४, कुशल मल्लले २६, कप्तान रोहित पौडेलले २५, कुशल भुर्तेलले २० रन बनाएका थिए ।

त्यसैगरी नेदरल्याण्डका बलर फ्रेड क्लासेन, टिम भान डेर गुगटेन, माइकल लेभिट र  साइब्राण्ड एंगेलब्रेचटले २-२ विकेट लिएका थिए ।

प्रकाशित मिति : २२ फाल्गुन २०८०, मंगलबार  ३ : ०९ बजे