सुनको मूल्यमा नयाँ कीर्तिमान

नयाँ सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौं । नवगठित सत्ता गठबन्धनको बैठक आव्हान गरिएको छ । आज (मंगलबार) दिउँसो ३ बजे बस्ने गरि बैठक बोलाइएको हो ।

बैठकमा मन्त्रालय बाँडफाडबारे छलफल हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार मनोहरी तिमल्सिनाले जानकारी दिए । उनका अनुसार गठबन्धनमा अन्यपार्टीलाई सामेल गराउने विषयमा पनि छलफल हुने छ । 

सोमाबार नयाँ गठबन्धन तर्फबाट बिना विभागीय मन्त्रीहरु नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङ, नेकपा (एमाले) का पदम गिरी र राष्ट्रिय स्वतन्त्र पार्टीका डोलप्रसाद अर्यालले सोमबार पद तथा गोपनीयताको सपथ लिएका छन् । बाँकी मन्त्रीबारे मंगलबारको बैठकमा निर्णय हुने बताइएको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०८०, मंगलबार  ७ : २४ बजे