साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

संसदले सरकारलाई काम गर्नै दिएन : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले  संसद्मा सरकारलाई सभामुखले काम गर्न नदिएको बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको सर्वदलीय बैठकमा उहाँले भन्नुभयो, संसद्ले जे गर्नु पर्ने थियो  त्यो गर्न सकेन’,  संसदले सरकारलाई काम गर्नै नदिएको र त्यसको प्रमुख भूमिका सभामुख अग्निप्रसाद सापकोटाले खेलिरहेको प्रधानमन्त्री ओलीले गुनासो गरेको बैठकमा सहभागी राप्रपा अध्यक्ष प्रकाशचन्द्र लोहनीले जानकारी  गराउनुभएको हो। 

बैठकमा कोरोना भाइरस–१९ को समस्याबारे समाधानका लागि सबै दलसँग प्रधानमन्त्रीले सहयोगको आग्रह गर्नुभएको छ । सबैको सहकार्यबाट मात्र कोभिड–१९ रोकथाम र नियन्त्रण गर्न सकिने भन्दै सबै दलका प्रतिनिधिसँग कोभिड–१९ को समस्या समाधान गर्न सुझाव माग्नुभएको नेता लोहनीले जानकारी दिनुभयो ।    नेता लोहनीले आफ्नो पार्टीको तर्फबाट बैठकमा कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि पाँच–सात बुँदा पेश गरेको जानकारी दिनुुभयो ।   

बैठकमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रामबहादुर थापा, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री विमलेन्द्र निधि, जनता समाजवादी पार्टीका नेता महन्थ ठाकुर र लक्ष्मणलाल कर्ण, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा का नेता लोहनी र नेपाल मजदूर किसान पार्टीका नेता प्रेम सुवाल सहभागी हुनुहुन्छ । बैठकमा नेकपा माओवादी केन्द्र का कोही पनि नेता सहभागी भएका छैनन्

प्रकाशित मिति : ४ बैशाख २०७८, शनिबार  १ : ५१ बजे