सुनको मूल्यमा नयाँ कीर्तिमान

झापामा सशस्त्र प्रहरीको खुकुरी आतंक, कोट मास्टर र चालकले ६ जनालाई छप्काए

​​​​​​​दमक। झापामा शुक्रबार राती सशस्त्र प्रहरीले आतंक मच्चाएको छ। मेचीनगरको गैरीगाउँमा सशस्त्र प्रहरीको खुकुरी प्रहारबाट ६ जना स्थानीय घाइते भएका छन्।

शुक्रबार राति करिव ८ बजे सीमा सुरक्षा गुल्म, काँकडभिट्टाका सशस्त्र प्रहरीका कोट मास्टर र चालकले खुकुरीले हानेर उनीहरुलाई घाईते बनाएको स्थानीयले दाबी गरेका छन्।

तस्करी नियन्त्रण गर्ने विषयमा भएको विवादमा शुक्रबार राति ८ बजे सीमा सुरक्षा गुल्म, काँकडभिट्टाका सशस्त्र प्रहरीका कोट मास्टर र चालकले खुकुरीले हानेको स्थानीयले दाबी गरेका छन् ।

खुकुरी प्रहारबाट दीपा बातरको हातको औंला काटिएको छ भने हरि बातरको छातीमा गहिरो चोट छ। विशेष राजवंशी, मिलन चापागाईं, दीपक बातर र आनन्द यादव घाइते भएका छन्। घाइतेको विर्तामोडस्थित बीएन्डसी अस्पतालमा उपचार भईरहेको छ।

स्थानीयका अनुसार तस्करी नियन्त्रण गर्ने विषयमा काँकडभिट्टास्थित नेपाल–भारत सीमाको ९०२/९०३ नम्बर सीमा स्तम्भ नजिक घटना भएको हो। सशस्त्र प्रहरी बल नम्बर २ गण हेडक्वार्टरका एसपी कविन्द्र राईले तस्करी गर्ने समूहले प्रहरीमाथि आक्रमण गरेको बताए।

विवादमा सामान्य हात हालाहाल भएको उनको दाबी छ। सशस्त्र प्रहरीमाथि घेरा हालेर स्थानीयले आक्रमण गर्न खोजेपछि घट्ना भएको उनले बताए ।  उनले भने, ‘प्रारम्भिक सूचनाअनुसार सशस्त्र प्रहरीमाथि घेरा हालेर स्थानीयले आक्रमण गर्न खोजिएको देखिन्छ ।’

प्रकाशित मिति : १९ फाल्गुन २०८०, शनिबार  १० : ०९ बजे