‘एउटै नाउरको सिकार गर्न २३ लाख’

हुम्लाको आदनचुलीका प्रमुख प्रशासकीय अधिकृतसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले हुम्लाको आदनचुली गाउँपालिकाका उप-प्रमुख सौमति रावल ऐडीसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगका प्रवक्ता नरहरी घिमिरेले अदानचुली  गाउँपालिकाका उप-प्रमुख सौमति रावल ऐडी,निमित्त प्रमुख प्रशासकीय अधिकृत तिलप्रसाद पाण्डे,इन्जिनियर मकर ध्वज शाही,सव -इन्जिनियर जयराम छत्याल, योजना शाखामा समेत कार्यरत खानेपानी तथा सरसफाइ टेक्निसियन मंगल भण्डारी,तत्कालीन लेखापाल दिपक नेपालीसमेत गरी ११ जनाविरूद्ध आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको जानकारी दिए।

आदनचुली गाउँपालिका वडा नम्बर ३ स्थित ढकनीकुनादेखि मुढेघट्टसम्म सिंचाइ योजनामा अनियमितता गरेको उनीहरूमाथि उजुरी परेको थियो।

सोही उजुरीका आधारमा अनुसन्धान हुँदा प्रमुख प्रशासकीय अधिकृत पाण्डे,इन्जिनियर शाही,सव -इन्जिनियर छत्याल, योजना शाखामा समेत कार्यरत खानेपानी तथा सरसफाइ टेक्निसियन भण्डारी,तत्कालीन लेखापाल नेपालीले सो सिंचाइ निर्माण सम्झौतामा निर्धारित शर्त र मापदण्ड विपरीत निर्माण कार्य गरी गराइ झुट्ट नापी किताब,उपभोक्ता समितिसम्बन्धी बिल,कार्य सम्पन्न प्रतिवेदनसमेत तयार गरी गराइ वास्तविक फिल्डमा भएको कामभन्दा बढी देखाइ   ४२ लाख २९ हजार ३५८ रुपैयाँ सरकारी रकम हानिनोक्सानी गरेको पुष्टि हुन आएको अख्तियारले जनाएको छ।

नीहरूबिरुद्ध सोही रकम बराबरको बिगो असुल गर्न माग दावी गरेको अख्तियारको आरोप पत्रमा उल्लेख छ।

यसैगरी वडाअध्यक्ष दत्त विष्टले ढकनीकुनादेखि मुढेघट्टसम्म सिंचाइ निर्माण योजनाको फिल्डमा वास्तविक काम भएको भन्दा बढी भएको भनी सिफारिस गरी  ४२  लाख २९ हजार ३५८ रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारको ठहर छ।

गाउँपालिकाका उपप्रमुख रावलले अनुगमन समिति सदस्य मानबहादुर टमटा भन्ने मान्यता टमटा र धनसरा टमटाले सो सिंचाइ निर्माण योजनाको अनुगमन गरी फिल्डमा वास्तविक भएको भन्दा बढि काम सम्पन्न भएको भनी गलत प्रतिवेदन पेश गरी भ्रष्टाचार गरेको अख्तियारको अनुसन्धानले देखाएको छ।

यसैगरी निर्माण उपभोक्ता समितिका अध्यक्ष दत्त रोकाया र कोषाध्यक्ष सिर्जना बुमीले अदानचुली गाउँपालिकासँग भएको सम्झौता विपरितको कार्य गरी फिल्डमा वास्तविक भएको भन्दा नापी किताव,उपभोक्ता सम्बन्धी बिल र कार्यसम्पादन प्रतिवेदनमा बढी रकम भएको मू्ल्यांकन गराइ भुक्तानी माग गरी ४२ लाख २९ हजार ३५८ रुपैयाँ सरकारी रकम हानिनोक्साी पुर्‍याएकाले सो रकम बराबरको बिगो जफत र सजाय मागदावी गरेको अख्तियारले जनाएको छ।

प्रकाशित मिति : १६ फाल्गुन २०८०, बुधबार  ७ : ०७ बजे