काठमाडौँ । त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गत दोस्रो खेलमा नेदरल्यान्ड्सविरुद्ध नेपालले ओपनर आसिफ शेखलाई गुमाएको छ । उनी आठौँ ओभरको पहिलो बलमा ३४ रन बनाउदै आउट भए ।
दोस्रो विकेटको लागि आसिफ र कप्तान रोहित पौडेलले ६५ रनको साझेदारी गरे । यसअघि कुशल भुर्तेल शुन्य रनमा आउट भएका थिए ।
अहिले क्रिजमा रोहित पौडेल र कुशल मल्ल रहेका छन् ।
नेदरल्यान्ड्सले दिएको १८५ रनको लक्ष्य पछ्याएको नेपालले ९ ओभरमा दुई विकेट गुमाएर ६६ रन बनाएको छ ।
प्रकाशित मिति : १६ फाल्गुन २०८०, बुधबार २ : ११ बजे
प्रतिक्रिया