काठमाडौं । सावित्रा भण्डारी साम्बा साउदी अरेबियामा जारी पश्चिम एशियाली फुटबल फेडेरेसन (वाफ) च्याम्पियनसिपको फाइनलमा नखेल्ने भएकी छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले सावित्रा फ्रेन्च क्लबसँगको सम्झौताका कारण फाइनल खेलमा उपलब्ध नहुने भएकी हुन् ।
एन्फाले सावित्रालाई क्लबले फिफा विन्डो अन्तर्गत राष्ट्रिय टिममा खेल्न अनुमति दिएकोमा बिहीबार हुने फाइनल खेल फिफा विन्डो पछि हुने हुनाले सावित्रा फाइनल खेलमा उपलब्ध नहुने भएको जानकारी दिएको छ ।
फिफा विन्डो फेब्रुअरी १९ देखि २८ सम्म रहेको थियो । बिहीबार जोर्डनविरुद्ध हुने फाइनल खेलमा सावित्रा नखेल्ने भएकी हुन् ।
फाइनल खेल बिहीबार राति ९ः४५ बजेदेखि सुरु हुनेछ ।
सावित्राले जारी वाफ प्रतियोगितामा सर्वाधिक ९ गोल गरेर सर्वाधिक गोल गर्ने खेलाडी बनेकी छन् ।
प्रकाशित मिति : १६ फाल्गुन २०८०, बुधबार १ : ५० बजे
प्रतिक्रिया