साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

वडा अध्यक्षको अभद्र व्यवहारको विरोधमा नेपालगन्ज उपमहानगरपालिकामा कामकाज ठप्प

, नेपालगन्ज, फाल्गुन १६ । नेपालगञ्ज उपमहानगरपालिकाका कर्मचारीहरूले आज कामकाज ठप्प पारेका छन् । वडा नम्बर ५ का वडा अध्यक्ष सराफत हुसेन शेषले अवाञ्छित क्रियाकलाप गरेको भन्दै सम्पूर्ण कर्मचारीहरूले नेपालगञ्ज उपमहानगरपालिका कार्यालय र सम्पूर्ण वडा कार्यालयहरूमा अत्यावश्यक बाहेक सम्पूर्ण सेवा बन्द गर्ने घोषणा गरेका हुन् ।

 

वडा अध्यक्ष शेषमाथि कडा भन्दा कडा कारबाहीका लागि कानुनी प्रक्रिया अगाडि नबढ्दासम्म कर्मचारीहरूले अत्यावश्यक बाहेक सबै सेवा ठप्प पार्ने बताएका छन् । सम्पूर्ण कर्मचारीहरूका तर्फबाट जारी संयुक्त प्रेस विज्ञप्तिमा वडा अध्यक्ष सराफतले मङ्गलवार दिउँसो उपमहानगरपालिका कार्यालयमा प्रवेश गरी विभिन्न शाखाका कर्मचारीलाई धम्क्याउने, अपशब्द प्रयोग गर्ने, नगर प्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा समेत प्रवेश गरी अभद्र व्यवहार गरेको घटनाको घोर भर्त्सना गरिएको छ ।

 

जनप्रतिनिधि एवम् कर्मचारीलाई झुटो लाञ्छना लगाउने, मानमर्दन हुने गरी अवाञ्छित क्रियाकलाप गर्ने जस्ता कार्य अति नै निन्दनीय भएको भन्दै कर्मचारीहरूले कडा कारबाहीको माग गरेका छन् । यस्ता क्रियाकलापले कर्मचारीलाई काम गर्ने वातावरण नहुने भन्दै उनीहरूले प्रचलित कानुन बमोजिम कारबाही हुनुपर्ने माग गरेका हुन् ।

प्रकाशित मिति : १६ फाल्गुन २०८०, बुधबार  ९ : १० बजे