सुनको मूल्यमा नयाँ कीर्तिमान

वार्तापछि संघर्ष समितिका अध्यक्ष भन्छन्- हाम्रो मागमा सरकार सकारात्मक देखिएन

काठमाडौं।  न्याय मार्च गर्दै काठमाडौं आएका मिटरव्याज पीडितले ६ बुँदे मागका बारेमा सरकारलाई जानकारी गराएका छन्।

मंगलबार गृहमन्त्रालयमा भएको वार्ताका क्रममा मिटरब्याज तथा ठगीविरुद्ध किसान मजुदर संघर्ष समितिले आफ्ना मागका बारेमा सरकारी वार्ता टोलीलाई जानकारी गराएको हो।

आफूहरूको मागका बारेमा जानकारी गराए पनि सरकार सकारात्मक नदेखिएको मिटरब्याज तथा ठगीविरोधी किसान संघर्ष समिति नेपालका अध्यक्ष अवधेश कुशवाहले जानकारी दिए। 

उनले सामूहिक ऋण मिनाहा गर्नुपर्ने, आम गरिब किसानलाई निशुल्क ऋण प्रदान गर्नुपर्ने, जुनसुकै तहमा हस्तान्तरण भएको सम्पत्ति फिर्ता हुनुपर्ने, अधिकारसम्पन्न न्यायिक आयोग गठन हुनुपर्नेलगायत माग गरेको बताए। उनले अब सरकारसँग वार्ताका साथै आन्दोलन पनि निरन्तर चल्ने जानकारी दिए। गृह मन्त्रालयले मिटरब्याज तथा ठगीविरुद्ध किसान मजुदर संघर्ष समितिलाई पत्र लेखेर वार्तामा बोलाएको थियो।  

प्रकाशित मिति : १५ फाल्गुन २०८०, मंगलबार  ८ : ०३ बजे