बाढीको स्थितिमा सुधार

जाजरकोट भूकम्पबाट प्रभावित पालिका विपद संकटग्रस्त क्षेत्र घोषणा

काठमाडौं ।  सरकारले भूकम्पबाट क्षतिग्रस्त जाजरकोट र रुकुम पश्चिमका पालिकाहरूलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गत कात्तिक १७ गतेको भूकम्पबाट प्रभावित पालिकालाई संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय भएको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बताइन्। 

त्यस्तै सरकारले सुनको अवैध पैठारी तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगको म्याद फागुन १६ गतेदेखि फागुन मसान्तसम्म म्याद थप गर्ने निर्णयसमेत गरेको छ।

त्यस्तै चितवन भरतपुर महानगरकी प्रमुख रेनु दाहाललाई प्रदान गर्ने अन्तर्राष्ट्रिय मेयर अवार्ड ग्रहण गर्न स्वीकृति दिने निर्णय पनि सरकारले गरेको मन्त्री शर्माले बताइन्।  

प्रकाशित मिति : १४ फाल्गुन २०८०, सोमबार  ८ : ३५ बजे