बाढीको स्थितिमा सुधार

संसद भवन परिसरमा लघुवित्त ऋणी छिरेकोबारे छानबिन गर्न समिति गठन

काठमाडौं । लघुवित्त ऋणीहरू निषेधित क्षेत्र तोडेर संसद भवन परिसरमा छिरेको विषय अध्ययन गर्न तीन सदस्यीय छानबिन समिति गठन गरिएको छ ।

प्रहरी हेडक्वार्टरले एसएसपी दिनेशराज मैनालीको नेतृत्वमा एसपी नवराज अधिकारी र डीएसपी दिनेश घिमिरे सम्मिलित छानबिन समिति गठन गरेको हो ।

संसद भवनको सुरक्षा व्यवस्थाबारे चिन्ता व्यक्त गर्दै सभामुख देवराज घिमिरेले आईजीपी वसन्त कुँवरलाई फोन गरेका थिए । सोक्रममा कुँवरले छानबिन समिति गठनको जानकारी दिएको सभामुखका प्रेस विज्ञ शेखर अधिकारीले  बताए ।

संसद भवन सुरक्षार्थ खटाइएको टोलीसमेत परिवर्तन गरिएको कुँवरले सभामुखलाई बताएका छन् ।

 

प्रकाशित मिति : १४ फाल्गुन २०८०, सोमबार  ५ : ११ बजे