‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

नेपाल नेदरल्यान्ड्ससँग पराजित

काठमाडौं । आईसीसी विश्वकप लिग-२ क्रिकेटअन्तर्गत नेपाल नेदरल्याण्ड्ससँग पराजित भएको छ ।

घरेलु मैदानमा भएको अन्तिम खेलमा नेपाल ८ विकेटले पराजित भएको हो । नेपाल सिरिजको तीन खेलमा पराजित भएको छ भने एक खेलमात्रै जितेको छ ।

नेपालले पहिलो खेलमा नेदरल्यान्ड्सलाई ९ विकेटले पराजित गरेको थियो।

त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले नेदरल्याण्ड्सलाई एक सय ७३ रनको लक्ष्य दिएको थियो । नेदरल्यान्ड्सले ३८.५ ओभरमा २ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो।

प्रकाशित मिति : १३ फाल्गुन २०८०, आइतबार  ४ : ५७ बजे