‘एउटै नाउरको सिकार गर्न २३ लाख’

सांस्कृतिक कार्यक्रमको आयोजना गर्दै गोकर्णेश्वर लाइट एकेडेमीले मनायो १३ औँ अभिभावक दिवस 

काठमाडौँ । काठमाडौँको गोकर्णेश्वर नगरपालिका वडा नम्बर९४ माकलबारीमा रहेको गोकर्णेश्वर लाइट एकेडेमीले आफ्नो १३ औँ अभिभावक दिवस मनाएको छ । 

 

शनिवार विद्यालय परिसरमा विभिन्न सांस्कृतिक कार्यक्रमको आयोजना गर्दै १३ औँ अभिभावक दिवस मनाएको हो । 

 

कार्यक्रमका प्रमुख अतिथि शिक्षा विकास तथा समन्वय इकाई काठमाडौंका प्रमुख विचारी प्रसाद अधिकारीले कार्यक्रमको उद्घाटन गर्नुहुँदै विद्यालयको उत्तरोत्तर प्रगतिको कामना गर्नुभयो ।

 

कार्यक्रमका विशेष अतिथि इन्द्रावती गाउँपालिकाका प्रवक्ता एवम् वडा नम्बर९५ का वडाध्यक्ष शशिनाथ आचार्यले गोकर्णेश्वर लाइट एकेडेमीका उत्पादन हरेक क्षेत्रमा रहेको स्मरण गर्नुभयो । उहाँले त्यहाँबाट उत्पादित जनशक्तिले समृद्ध नेपाल सुखी नेपालीको महत्वकांक्षालाई पूरा गर्ने विश्वास व्यक्त गर्नुभयो । 

 

कार्यक्रमका विशेष अतिथि गोकर्णेश्वर नगरपालिकाकी उपप्रमुख सान्नानी लामाले गोकर्णेश्वर लाइट एकेडेमी काठमाडौँ जिल्लाकै उत्कृष्ट विद्यालय रहेको बताउनुभयो । हरेक विधामा विद्यार्थीहरूको प्रतिभा देखेर आफू गौरवान्वित हुने गरेको उहाँले बताउनुभयो । 

 

कार्यक्रममा गोकर्णेश्वर नगरपालिका वडा नम्बर ९४ का वडाध्यक्ष जयराम महतलगायत विभिन्न समाजसेवी,बुद्धिजीवीहरूको उपस्थिति थियो । 

 

 

विद्यालयले ३० जना भन्दा बढी ज्येष्ठ नागरिकलाई सम्मान समेत गरेको थियो । 

 

प्ले ग्रुपदेखिका विद्यार्थीहरूले आ-आफ्नो प्रतिभा पस्किएका थिए ।

प्रकाशित मिति : १३ फाल्गुन २०८०, आइतबार  ३ : ५० बजे