‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

नेपाललाई पहिलो सफलता

काठमाडौँ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ को त्रिकोणात्मक शृङ्खला अन्तर्गत नेपाल र नेदरल्यान्ड्सबीचको खेल जारी छ । नेपालले दिएको १७३ रनको लक्ष्य पछ्याउँदै ब्याटिङमा उत्रिएको नेदरल्यान्ड्सले पहिलो विकेट गुमाएको छ ।

नेपालका लागि दिपेन्द्र सिंह ऐरीले पहिलो सफलता दिलाएका हुन् । उनले आक्रामक ब्याटिङ गरिरहेका माइकल लेभिटलाई बोल्ड आउट पारे । लेभिट ३९ रन जोडेर पेभिलियन फर्किए । उनले ३ चौका र ४ छक्का हिर्काए ।

ताजा स्थितीमा नेदरल्यान्ड्सले ९ ओभरमा पहिलो विकेट गुमाएर ६१ रन जोडेको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०८०, आइतबार  २ : ३४ बजे