काठमाडौं । आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको सिरिजको अन्तिम खेलमा नेदरल्यान्ड्सविरुद्ध ब्याटिङ गरिरहेको नेपालले चौथौ विकेट गुमाएको छ ।
नेपालका कप्तान रोहित पौडेल १६ रनमा आउट भएका हुन् । उनले ४० बलमा १६ रन जोडेका थिए ।
यसअघि कुशल मल्ल २ रनमा आउट भएका थिए भने आसिफ शेख १७ रन र अनिलकुमार साह ७ रनमा आउट भएका थिए ।
त्रिवि क्रिकेट मैदनामा जारी खेलमा नेपालले २५ ओभरमा ८९ रन बनाएर खेलिरहेको छ ।
प्रकाशित मिति : १३ फाल्गुन २०८०, आइतबार ११ : ५५ बजे
प्रतिक्रिया