‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

सन्दीपको दावी- गौशाला–२६ कै आग्रहमा होटलको रुम बुक गरी बसेका हौँ

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले जिल्ला अदालत काठमाडौंको फैसलाविरूद्व उच्च अदालत पाटनमा पुनरावेदन दिनुभएको छ । उहाँले हिजो बिहीबार पुनरावेदन निवेदन दिनुभएको हो ।

सन्दीपले आफूले पीडित भनिएकी गौशाला २६ लाई बलात्कार नगरेको दोहोर्‍याउनुभएको छ । एकै कोठामा बस्दा बलात्कार नहुने पनि पुनरावेदनमा उल्लेख गरिएको छ ।

सन्दीपले गौशाला २६ को आग्रह अनुसार नै होटलको बुक गरिएको दाबी गर्नुभएको छ । गौशाला–२६ ले बकपत्र पत्रका क्रममा ‘बोजिनी रिसोर्ट नगरकोट बस्दा पटकपटक होटलको स्टाफ आई मेरो प्रतिवादीसँग भीआइपी रुम छ सर, बुक गर्दिउँ भनेर समेत भनेका थिए भन्ने व्यहोरा उल्लेख गरिएको छ । यसैमा सन्दीपले पुनरावेदनमा भन्नुभएको छ, ‘यदि प्रतिवादीको रात बस्ने योजना र नियत भएको भए पटकपटक होटलको स्टाफ आई भीआइपी रुम छ सर, बुक गर्दिउँ भनेर सोधेको प्रश्न उत्तरमा नगरकोटमा नै रुम बुक गर्थें होला ।’

आफ्नो योजना र नियतले नभइ गौशाला–२६ कै योजना तथा आग्रहमा काठमाडौँ इन होटलको रुम बुक गरी बसेको सन्दीपले पुनरावेदनमा उल्लेख गर्नुभएको छ ।

‘सँगै कोठामा जाने, प्रतिवादीको गाडीको पछाडिबाट स्न्याप भिडियो खिच्ने, सेल्फी खिचेर पठाउने, वारदात भएको भनिएको मिति पछाडि एक हप्तासम्म प्रतिवादीको नाम लेखिएको जर्सी लगाएर क्रिकेट हेर्ने, खुसीले उमङ्ग हुने, होहल्ला गर्ने, खुसी साटासाट गर्ने जस्ता आचरणले जबर्जस्ती करणी भएको पुष्टि गर्दैन,’ सन्दीपको पुनरावेदन निवेदनमा भनिएको छ, ‘करणी भएको कल्पनासमेत गर्न सकिँदैन । तसर्थ, कोठामा सँगै बस्नु भनेको बलात्कार गर्नु होइन ।’ काठमाडौं जिल्ला अदालतले सन्दीपलाई बलात्कारमा दोषी ठहर गर्दै ८ वर्ष जेल सजाय सुनाएको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०८०, शुक्रबार  ७ : १५ बजे