‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीद्वारा केपी ओली कप उद्घाटन (फोटोफिचर)

काठमाडौं ।  ओली कपको दोस्रो संस्करण शुक्रबारबाट सुरू भएको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रतियोगिताको उद्घाटन गर्नुभएको छ । 

राष्ट्रिय युवा संघको आयोजनामा प्रतियोगिता सुरु भएको हो ।  उद्घाटनमा प्रमुख अतिथि भण्डारीले मोबाइलमार्फत् पानस बाल्नुभएको थियो भने ‘केपी ओली कप’ व्यानर अंकित ड्रोन उडाइएको थियो ।

सो समयमा एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेता तथा कार्यकर्ताको उपस्थिति हुनुहुन्थ्यो ।

 

प्रतियोगितामा ए डिभिजनका जावलाखेल युथ क्लव, न्युरोड टिम एनआरटी, थ्री स्टार, नेपाल पुलिस, त्रिभुवन आर्मी र मच्छिन्द्रसहित सात टीम सहभागी छन् ।

दुई विदेशी टिम भारतको दिल्ली एफसी, पश्चिम बंगाल क्लव र आयोजक गरी कुल १० टीमबीच प्रतिष्पर्धा हुनेछ ।

फाइनल खेल फागुन १९ गते हुनेछ । विजेता टीमले ११ लाख र दोस्रो हुनेले ५ लाख पुरस्कार प्राप्त गर्नेछ । सेमिफाइनल र फाइनल खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछन् ।

​​​​​​​काठमाडौं । केपी

 

 

 

प्रकाशित मिति : ११ फाल्गुन २०८०, शुक्रबार  ४ : ५१ बजे