साफ यू–१७ च्याम्पियनसिप आजदेखि

प्रधानमन्त्रीले बोलाउनुभएको सर्वदलीय बैठकमा प्रचण्ड नजाने

काठमाडौं । नेकपा माओवादी केन्द्र  प्रधानमन्त्री केपी शर्मा ओलीले आज बोलाउनुभएको सर्वदलीय बैठकमा सहभागी नहुने भएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको सर्वदलीय बैठकमा नेकपा माओवादीका अध्यक्ष प्रचण्ड सहभागी नहुने उहाँको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीले शुक्रवार प्रचण्डलाई टेलिफोन गरेर सर्वदलीय बैठकमा बोलाउनुभएको थियो । 

प्रतिनिधिसभामा सहभागी सबै दलका शीर्ष नेतालाई बैठकमा बोलाइएको छ ।  बैठकमा  कांग्रेस सभापति शेरवहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर लगायतका अन्य दलका नेता सहभागी हुने बुझिएको छ ।  

प्रधानमन्त्रीले कोरोना भाइरसको संक्रमण, संसदको हिउँदे अधिबेशन र समसामयिक राजनीतिक विषयमा छलफल गर्न सबै दलसँग छलफल गर्न लाग्नुभएको हो  ।

प्रकाशित मिति : ४ बैशाख २०७८, शनिबार  ११ : १३ बजे