मोटरसाइकलले च्यापिएको अवस्थामा एक व्यक्ति मृत फेला

चितवन । चितवनमा एक पुरुष व्यक्ति मोटरसाइकलले गोडा च्यापिएको अवस्थामा मृत फेला परेका छन । खैरहनी नगरपालिका वडा नम्बर १० का ३४ को दिलिप चौधरी मृत फेला परेका हुन् । 

जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार आज बिहान ५ बजेर ४५ मिनेटमा खैरहनी नगरपालिका वडा नम्बर  १० कठार स्थित भित्रि सडक खण्डमा सुर्तना बाट कठारतर्फ जाँदै गरेको ना ४५ प ७७९८ नम्बरको मोटरसाइकल पल्टिरहेको र चालक सोही मोटरसाइकलले  च्यापिएको अवस्थामा मृत अवस्थामा खबर प्राप्त भएपश्चात प्रहरी घटनास्थल पुगेको थियो ।

घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

प्रकाशित मिति : ११ फाल्गुन २०८०, शुक्रबार  ८ : १७ बजे