सन्दीपले थुनाबाहिरै बसेर मुद्वा लड्न पाउने

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले थुना बाहिरै बसेर मुद्वा लड्न पाउनुहुने भएको छ ।

सन्दीपले आज जिल्ला अदालत काठमाडौंको फैसलाविरुद्ध उच्च अदालत पाटनमा पुनरावेदन दिएसँगै थुना बाहिरै बसेर मुद्वा लड्न पाउने हुनु भएको हो ।

उच्च अदालत पाटनले सन्दीपलाई जेल बाहिर बसेरै मुद्दा लड्न लिखित अनुमति दिएको हो ।

बलात्कार आरोपमा काठमाडौं जिल्ला अदालतले सन्दीपलाई ८ वर्ष कैद सजाय तोकेकोमा उहाँले त्यसविरुद्ध उच्च अदालत पाटनमा पुनरावेदन निवेदन दर्ता गराउनुभएको हो ।

प्रकाशित मिति : १० फाल्गुन २०८०, बिहिबार  ८ : ०९ बजे