सुनको मूल्यमा नयाँ कीर्तिमान

निरन्तर ओरालो यात्रामा सेयर बजार, कारोबार रकम २ अर्बमा झर्‍यो

काठमाडौं । सेयर बजारले आजपनि ओरालो यात्रालाई निरन्तरता दिएको छ। अघिल्लो कारोबार दिन मंगलबार १.७६ अंकले घटेको नेप्से परिसूचक आज ६.४६ अंकले घटेर २०२६.५९ विन्दुमा कायम भएको छ।

साताको पहिलो कारोबार दिन आइतबारद‍ेखि नेप्से निरन्तर ओरालो लागेको हो। 

नेप्से घटेसँगै कारोबार रकम मंगलबारको तुलनामा घटेको छ। ३१३ कम्पनीको ६३ लाख ४१ हजार १७४ कित्ता सेयर २ अर्ब २४ करोड १९ लाख ६१ हजार ७९९ रुपैयाँमा खरिदबिक्री भए।

मंगलबार ३ अर्ब ११ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो। सामान्य अंकले नेप्से घट्दा ४ कम्पनीको मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भयो।

बोटलर्स नेपाल,हिमालया ऊर्जा विकास,समाज लघुवित्त वित्तीय र बोटलर्स नेपालको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। यसदिन पिपुल्स हाइड्रोपावरका लगानीकर्ताले गुमाए। सो कम्पनीको सेयर ७.८४ प्रतिशतले घट्यो।

मनु एण्ड प्रोबाहेक अन्य उपसमूहको सूचक नकारात्मक देखिएका छन्। सो कम्पनीको सेयर २.८४ प्रतिशतले बढ्यो। कारोबारमा आएका कम्पनीमध्ये ८० वटाको मूल्य बढ्दा १५९ को घट्यो भने ९ कम्पनीको मूल्य स्थिर रह्यो।

प्रकाशित मिति : ९ फाल्गुन २०८०, बुधबार  ४ : ५० बजे