सितापाइला घटना: मृतकका श्रीमान पनि झुण्डिएको अवस्थामा मृत फेला

काठमाडौँ । सितापाइलामा मृत अवस्थामा फेला परेका तीन जनाको हत्या भएको प्रहरीले प्रारम्भिक आशंका गरेको छ ।

बुधबार नागार्जुन नगरपालिका–६ भैरवटोलस्थित बद्री चापागाईंको घरमा डेरामा बस्दै आएका ३९ वर्षीया ईश्वरी श्रेष्ठ, उनकी ८ वर्षीया छोरी अनिशा श्रेष्ठ र २ वर्षीया छोरी शिवानी श्रेष्ठ मृत अवस्थामा फेला परेका हुन् । उनीहरूको घरेलु हतियार प्रहार गरी हत्या गरेको प्रहरीको आशंका छ ।

घटनास्थल नजिकै जंगलमा मृत फेला परेकी ईश्वरीका श्रीमान पनि झुण्डिएको अवस्थामा फेला परेका छन् । सोलुखुम्बुका राजु घिमिरे भन्ने काजी बिक झुण्डिएको अवस्थामा मृत फेला परेका काठमाडौं प्रहरी परिसरका एसएसपी भुपेन्द्र खत्रीले जानकारी दिए ।

ईश्वरी र बच्चाको हत्या गरी राजुले पछि आत्महत्या गरेका हुनसक्ने प्रहरीले जनाएको छ ।

घटनास्थलमा प्रहरी वृत्त स्वयम्भू, जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली खटिएको छ। घटनाबारे थप अनुसन्धान भईरहेको छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०८०, बुधबार  १ : १५ बजे