‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

विश्वकप लिग–२ः नेपालले नामिबियासँग खेल्दै

काठमाडौँ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ को त्रिकोणात्मक शृङ्खला अन्तर्गत नेपालले आज बुधबार नामिबियासँग खेल्दैछ । यसअघि पहिलो (उद्घाटन) खेलेका यी दुई टोलीबीच दोस्रो खेल हुन लागेको हो ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहान ९ः३० बजे खेल सुरु हुनेछ । नेपाल पहिलो खेलमा ब्यहोरेको हारको बदला लिने लक्ष्यका साथ मैदानमा उत्रनेछ भने नामिबिया नेपाललाई उसकै घरेलु मैदानमा लगातार दोस्रोपटक हराउने लक्ष्यका साथ मैदान उत्रनेछ । यसअघिको खेलमा नामिबियाले नेपाललाई ४ विकेटले हराएको थियो ।

जितका लागि नेपालले दिएको एक सय ३३ रनको सामान्य लक्ष्य नामिबियाले ३३ दशमलव एक ओभरमा छ विकेट गुमाउँदै पूरा गरेको थियो । जारी प्रतियोगितामा नेपाल, नामिबिया र नेदरल्यान्ड्स तीन वटै टोलीले एक–एक खेल जितेका छन् ।

यस नामिबियासँग पराजित नेपालले नेदरल्यान्ड्सलाई पराजित गर्यो । यस्तै, नेदरल्यान्ड्सले नामिबियालाई हरायो ।

लिगमा २४ त्रिदेशीय शृङ्खलाअन्तर्गत पहिलो शृङ्खला नेपालमा भएको हो । आगामी सन् २०२७ सम्म चल्ने यस लिग–२ मा नेपालसहित आठ टोलीको सहभागिता हुनेछ । पहिलो सिरिजमा नेपाल, नामिबिया र नेदरल्यान्यड्सबीच प्रतिस्पर्धा हुँदैछ ।

प्रकाशित मिति : ९ फाल्गुन २०८०, बुधबार  ७ : ०१ बजे