सुनको मूल्यमा नयाँ कीर्तिमान

कान्तिपुर सहकारी समस्याग्रस्त घोषणा,अध्यक्ष ठकुरी पक्राउ

काठमाडौं । सरकारले कान्तिपुर सहकारीलाई समस्याग्रस्त घोषणा गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले कान्तिपुर सहकारीलाई समस्याग्रस्त घोषणा गरेको हो ।

‘सहकारी ऐन, २०७४ को दफा १०४ को उपदफा (१) को देहाय खण्ड (क) देखि (च) सम्मको अवस्था विद्यमान रहेको देखिएकाले सहकारी विभागका रजिस्ट्रारको सिफारिसमा सोही ऐनको दफा १०४ को उपदफा (२) बमोजिम उक्त सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरी सहकारी संस्थाको सम्पत्ति व्यवस्थापन र दायित्व भुक्तानी सम्बन्धी कार्य गर्न समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा पठाइएको छ,’ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

कान्तिपुर सहकारी संस्थाका सञ्चालकहरूले बचतकर्ता र सेयर सदस्यको साढे ६ अर्ब दुरुपयोग गरी व्यक्तिगत नाममा घरजग्गा, निजी कम्पनी र रिसोर्टमा लगानी गरेको पाइएको थियो ।

यसैबीच कान्तिपुर सहकारीका अध्यक्ष हिमालयविक्रम मल्ल ठकुरीलाई प्रहरीले पक्राउ गरेको छ । उहाँलाई सहकारी ठगी आरोपमै पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । जिल्ला अदालत काठमाडौंबाट उहाँसहित ६ विरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०८०, मंगलबार  ८ : ०० बजे