साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

आसन्न एमालेको  आन्दोलन : अन्तर र अन्तर्य

नेकपा एमाले देश र जनताका विरुद्ध लगातार काम गरिरहेको गठबन्धन सरकारका विरुद्ध काठमाडौँ केन्द्रित आन्दोलनको तयारीमा जुटेको छ । पातपङ्गिर र फोहोरको डङ्गुर वा थुप्रो लागेपछि सफा गर्न कुचो र खरेटाले सम्भव हुन्न । यसका लागि आँधीबेहरी र हुरी  हुण्डरीकै आवश्यकता पर्छ । देशव्यापी जन चेतनामूलक आन्दोलन बिना देशलाई सफा सुग्घर पार्न सकिन्न । तर आफैँ भित्रका फोहर फाल्न पनि ध्यान दिनुपर्छ । कमरेड ओलीले नेपालमा पोलिटिकल कम्युनिस्ट धेरै छन् फिलोसोफिकल वा दार्शनिक कम्युनिस्ट कम छन् भन्नु भएको छ । उहाँका अनुसार कम्युनिस्टका नाममा सही कम्युनिस्ट कम छन्, गैरकम्युनिस्ट चरित्र र चिन्तन बढी छन् । त्यसैले एमालेले एमाले भित्र नै गर्नु पर्ने शुद्धीकरण अभियानलाई  तत्काल गम्भीर रूपमा ध्यान दिएन भने प्राप्त जनमतलाई सदुपयोग  नगरेको ठहर्नेछ ।   

सर्प बिच्छी र भ्यागुता मिलेर गठबन्धन गरे पनि ने.क.पा एमाले  निर्वाचनमा नेपालको पहिलो पार्टीका रूपमा देखियो ।  यस हिसाबले जनताको समर्थन एमालेमा रहेको छ र पार्टी र नेतृत्व सुध्रिने हो भने समर्थन बढ्ने नै देखिन्छ । हिजै पनि जनताले यस पार्टीलाई स्थानीय प्रदेश र सङ्घमा कम समर्थन गरेको होइन तर कतिपय केन्द्र, प्रदेश र जिल्लाका नेताका गैरकम्युनिस्ट चरित्रका कारण हार भएको मैले आफ्नै जिल्ला र नगरबाट अनुभव गरेको छु । यस्तो प्रवृत्ति अन्यत्र नहोलान् भन्न सकिन्न । यस प्रदेशमा एकल बहुमतको सरकार बनाउन कसैले रोक्ने थिएन र त्यसलाई रोक्ने र छेक्ने केही एमाले नै थिए र छन् र अझै  हुनसक्ने देखिन्छ  ।    निःस्वार्थ रूपमा काम गरौँ भन्ने नेता र कार्यकर्तालाई काम गर्नै नदिने चरम विकृत चरित्र र चिन्तन खेल देखिन्छ । निर्वाचनमा भिन्न पक्षका कार्यकर्ता र जनतालाई त आकर्षित  गरिन्छ र गरिएको छ । तर इटहरी उप महानगरको विगत  नगर निर्वाचनका यस नगरका घरघरमा  चिर परिचित बहु आयामिक प्रभावशाली प्रदेशका संस्कृति विभाग प्रमुखमा समेत व्यक्तित्वले संस्थागत प्रचार प्रसार गर्नै पाएनन्, प्रतिबन्धित भए । यहाँको  जनता बहुमुखी क्याम्पसमा कुशल शैक्षिक प्रशासन सञ्चालन गरेका व्यक्तित्वलाई एकाध ठुला भनिएका नेता र नेतीले कालो पर्दाले तिनलाई छेके । उल्टो बिचौलिया पो हाबी भए । अन्तर्घाती हाबी भए । यस खालको   खोटी, लोभ र लालची प्रवृत्ति घातक बन्यो ।  यो प्रवृत्ति घनीभूत रूपमा अझै विद्यमान छ । जिल्लामा सङ्गठन भताभुङ्ग छ । जात,भात,नाक,नस्ल, थर, गोत्र,नसनाता  हाबी छ । आसेपासे मात्रले  केन्द्र, प्रदेश र जिल्ला र नगरको  राजनीति  र राजकीय औसर पाउँछन् । त्यसैले पहिले आफैँलाई परिवर्तन गरे मात्र  समाज परिवर्तन गर्न सकिन्छ । घर नै सफा नगरी नगर सफा हुँदैन  ।  इटहरीका एकाध बाहेक सबै नेता र कार्यकर्ता अनैतिक भन्ने आशयको बेनामे पर्चा काण्डमा केन्द्र र जिल्ला नेताको प्रायोजन र परिचालन भएको थाहा भयो । पर्चा काण्डमा गम्भीर रूपमा आरोपित एमाले महिलाले  सुनसरी इन्चार्ज शेरधन राईलाई  घेरेपछि उनकै दबाबमा छानबिन  समिति बनाइयो । 

आफैँ धामी र झाँक्री भएर कानुन्ची एमाले नेता कमरेडले इटहरीबाट इनरुवाका इन्चार्ज भएका छन् ।  अदालतमा मुद्दा हाल्न लगाएर अलमल्याउन खोजे पनि फैसला फर्जी पर्चाकार र तिनका निर्देशकलाई दोषी करार गरेपछि मुखुण्डो उत्रियो ।   हुँदा हुँदा बोक्सीले छौँडा खेलाएझैँ गरेर एक अर्कालाई अनर्गल कुरा लगाएर एक अर्कामा बाझो लगाएर हैरान छ । तर कमजोरी उल्लेख गर्दा आरोप लाग्छ र टोपबहादुर जन्मँदा धुरु धुरु रुनुपर्छ ।  सियो चोर्नेले फाली चोर्छ अनि घर फोर्छ भन्ने अलिकति पनि चेत नेतामा नहुँदा जनताले धेरै दुःख पाएका छन् ।        

मिथिला पोखरेल र मैले आफ्नो नितान्त व्यक्तिगत स्वार्थ सिद्ध गर्न गर्ने उपाय थाहा नभएर कोसी प्रदेश अधिवेशनमा धर्ना अभियान गरेका थिएनौँ । पार्टीलाई धोइपखाली गर्नुपर्छ,सफा सुग्घर बनाउनु पर्छ भन्ने गल्ती गरेका रहेछौँ । सच्चा सपूतले कमजोरी देखाउँछ चम्चा र चाकरले जय गान मात्र गर्छ र खाल्टो तयार गर्छ । 

  मान्छे हुन नसकेका मानिसलाई मानिस बनाउनु आन्दोलनको सार हो ।  कम्युनिस्ट नामका गैर कम्युनिस्टलाई त्यसको आदर्श सिकाउनु आन्दोलन हो । समग्र  पछौटे चिन्तन विरुद्ध आन्दोलन गर्नु अपरिहार्य छ । राजनीति जेठो नीति भएकाले यस आन्दोलन बहु आयामिक अर्थ रहन्छ । अग्रगामी पक्षधरहरू सबै क्षेत्रबाट आम जनतालाई सचेत बनाउने आन्दोलनरत हुन्छन् । प्रतिक्रियावादीहरू समेसम्म आफ्ना देश र जनता विरोधी काम कदमलाई सकेसम्म ढाकछोप गरेर आम जनतालाई भ्रमित पार्ने आन्दोलन  र अभियानमा निरन्तर क्रियाशील हुन्छन् । नेकपा एमाले गर्ने आन्दोलन समग्रतामा  सरकारको देश र जनता विरोधमा केन्द्रित हुन्छ र हुनुपर्छ । ओली सरकारलाई अवैधानिक रूपमा हटाई न्यायालयले सार्वभौम  संसद्लाई पूरै उपेक्षा गरी टिके प्रधानमन्त्री र सरकार बनाएको जगजाहेर छ । एमाले बाहेकका अरू सरकार  तुलनामा ओली सरकारले गरेका कैयौँ  तत्कालीन,अल्पकालीन र दीर्घकालीन कामहरू गरेको जनसमक्ष स्पष्टै   छ । 

एमालेको यो विरोध रचनात्मक विरोध हो । विरोधका लागि विरोध होइन ।  कष्टकर बनाउने सरकार र सत्तालाई झकझक्याउने, खबरदारी गर्ने र दण्डित गर्ने अभिप्राय राखेको हुन्छ । यसले मूलतः जनविरोधी शक्तिका तमाम खालका काला कर्तुतहरू जनसमक्ष उजागर गर्ने गर्छ । सरकारमा हुँदा नै पनि एमाले नेतृत्वको सरकार र पार्टी स्वयंलाई गोयबल्स शैलीको फरेबी प्रचारले एमाले नेता,कार्यकर्ता र जनमतलाई विभ्रमित पारेको थियो र अझै छ । एमाले प्रचार बहुअायामिक र प्रभावकारी र जनव्यापी नबनाउँदा यस्तो हुन्छ । ०४६ पछि र अझ ०५१ सालदेखि पार्टीले पटक पटक देशव्यापी आन्दोलन गर्दा जनविरोधी सरकारका विरुद्ध  जनमत एमाले पक्षमा आबद्ध भएको थियो । गाउँ गाउँ र गल्ली गल्ली सम्म पुगेको जनजागरण आन्दोलनले एमालेले गरेका जनप्रिय कामहरू जनसमक्ष स्पष्ट पारेका थियो । पार्टी र नेता कार्यकर्तालाई सिद्धान्त अनुसार परिवर्तित गर्न सुदृढीकरण र शुद्धीकरण अभियान देशव्यापी सञ्चालन गर्दा केही मात्रामा भए पनि स्वस्थता हासिल भएको थियो । अहिले पनि यो अभियान अपरिहार्य भएको छ र त्यो अभियान माथिल्लै तहबाट सुरु गर्नुपर्छ । तर खासै बिग्रेको भत्केको छैन  । स्थायी पोलिटब्युरो र धेरै जसो केन्द्रीय सदस्यहरूका कारण कहीँ कहीँ  त विकृतिको पश्चिमा पत्रु भ्यालेन्टाइन वा प्रेम दिवसका अवसरमा फेसबुक र सामाजिक सञ्जाल भाइरल गर्ने नेता कार्यकर्ता लेखक कवि कलाकारहरू एकमुख भएर लाग्ने  हो भने  चाङ लागेको मैले थाहा पाएको छु । त्यसैले आन्तरिक समस्या हल गरियो र गर्न प्रयत्न गरियो भने स्थानीय,प्रदेश र सङ्घमा बहुमत ल्याउन सकिन्छ तर माथिल्लो र  केन्द्रीय स्तरका नेता नै अनुशासित नभए सम्म जनताले अत्यधिक मत दिए पनि त्यसलाई समेट्न र सदुपयोग हुने देखिन्न । 

आम जनतालाई समग्रतामा आन्दोलित गर्न यसका बहु्अायामिक ध्यान दिनै पर्छ । आवश्यकता अनुसार आक्रामक, संवेगात्मक,कला साहित्यिक आदि रहर लाग्दो,भर लाग्दो आश लाग्दो  आकर्षक आन्दोलन तय गर्नु पर्छ । हेरुँ हेरुँ सुनूँ सुनूँ सहभागी हौँ जस्तो लाग्ने विचार केन्द्रित कलात्मक अभिव्यक्ति,अभिभाषण,एउटा प्रभावकारी चित्रकारिता जनविरोधी सरकार विरोधी शक्ति हुन्छ । नेपाली र अन्य प्रमुख भाषाहरूका रोचक घोचक रचना आन्दोलनका प्राण हुन सक्छन् । ज्येष्ठ कम्युनिस्ट मञ्चका क्रान्तिकारी भजनहरूको आन्दोलनको अर्को  रौनक हुनसक्छ । आन्दोलन सबै उमेर समूहका जनतालाई प्रभावित गर्ने हुनु जाती हुन्छ । आन्दोलनका सभाहरूमा गरिने सम्बोधन कलात्मक तथा प्रभावकारी हुनुपर्छ ।  मदनले भनेझैँ राम्रो काम राम्रै तरिकाले सम्पन्न गर्ने सोच हुनुपर्छ ।

फेरि पनि यस खालको प्रवृत्ति दोहोरिने आशङ्का प्रबल छ । जात,भात,नाक र नस्ल जस्ता विकृत चेत तथा नसनाता हस् हजुर जस्ता चरम विकृति कतिपय नेतामा कुटाकुट भरिएको यस लेखकलाई थाहा छ ।  

सबै सबै खालका फरेबहरूलाई यस थुकी नदीझैँ भएर समाप्त पार्न सकिन्छ । अहिले पनि दुई दुई पटक सदन विघटन गरेको विषय बारै घैँटामा घाम लाग्ने गरी सम्झाउन नसक्दा अधिकांश एमाले केन्द्र र जिल्लाकै   अगुवा नेतृत्व अलमलमा परेको झापा,तेह्रथुम सुनसरी लगायत  जिल्लाको अध्ययनबाट स्पष्ट हुन्छ । यस बारेको गुह्य अन्तर्य केलाएर भन्दा नेता र कार्यकर्ता यति कुरा पनि बुझाएर भनिदिने सम्झाउने नेता नभएको तीनले मसित गुनासो गरे । रोग लुकायो अझ रोग बढ्छ र असाध्य बन्छ अनि पार्टी नै धराशायी बन्छ भन्ने कुरा नबुझ्नेहरू पार्टीलाई कमजोर बनाउन उद्यत छन् । पिलोलाई सुमसुम्याएर हुन्न निचोर्नैपर्छ र मात्र निको हुन्छ । 

 

प्रकाशित मिति : ८ फाल्गुन २०८०, मंगलबार  ७ : ३१ बजे