‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

क्यानडा-११ विरुद्ध सन्दीपको अर्धशतक

काठमाडौं । कप्तान सन्दीप जोराले क्यानडा-११ विरुद्ध अर्धशतक प्रहार गरेका छन्।

मूलपानीमा भइरहेको दोस्रो एक दिवसीय खेलमा कप्तान सन्दीपले ६६ बलमा अर्धशतक पूरा गरे। सन्दीप ७३ बलमा ६६ रन बनाएर आउट भए।

कप्तान विनोद भण्डारी बिरामी परेपछि नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीपलाई कप्तानी सुम्पेको हो।

टस हारेर ब्याटिङ गरेको क्यानडा-११ ले १ बल अगावै अलआउट हुँदै २४० रन बनाएको थियो। जवाफी ब्याटिङ गरिरहेको नेपालले २५ ओभरको समाप्तिमा ३ विकेट गुमाएर ११७ रन बनाएर खेलिरहेको छ। 

नेपालका लागि अर्जुन कुमाल ४० रन बनाएर आउट भए भने मयन यादव शून्यमै आउट भए भने शेर मल्लले ७ रन बनाए।  

प्रकाशित मिति : ८ फाल्गुन २०८०, मंगलबार  ४ : ०९ बजे