साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

वडा टुक्र्याएर पालिका बनाउने निर्णय नगर सभाबाट पारित

रौतहट । राैतहटको चन्द्रपुर नगरपालिकाको वडा नम्बर ३ लाई छुट्टै पालिका बनाउने वडा कार्यसमितिको निर्णयलाई नगरसभाले पास गरेको छ । वडा नम्बर ३ का वडा अध्यक्ष बोधनाथ देवकोटाले दिएको वडाकार्य समितिको सिफारिस सहितको निवेदनलाई शनिबार बसेको नगरपालिकाको १२औँ हिउँदे अधिवेशनको निर्णय नम्बर ५ ले पास गरेको हो । चन्द्रपुर नगरपालिका वडा नम्बर ३ मा रहेका विभिन्न बस्तीहरू विकट रहेको र त्यहाँका बासिन्दाहरूले पालिकाबाट पाउने सेवा सुविधा लिन विभिन्न झन्झट भोग्नुपरेको भन्दै यहि फागुन १ गते चलानी नम्बर ६३० को पत्रानुसार गाउँपालिकामा प्रस्ताव गरेको ४ दिनमै  सो वडालाई छुट्टै पालिका बनाउन नगरसभाले पास गरेको हो । 

वडाध्यक्ष देबकोटाले चन्द्रपुर नगरपालिकाको वडा नम्बर २ र ३ का विभिन्न बस्तीहरूलाई समेटेर छुट्टै गाउँपालिका बनाउने अभियानमा आफू लागेको बताइरहदा  जनसंख्या, भौगोलिक अवस्था, पुर्वाधार र क्षेत्रफलको भने कुनै ख्याल गरेका छैनन् ।  स्थानीय सरकार संचालन ऐन २०७४ को परिच्छेद २ को दफा १२ वमोजिम आवश्यक मार्ग प्रदान गरेको साथै नेपालको संविधान २०७२ को धारा २९५ उप–धारा ३ र धारा ५६ को उपधारा ४ र ५ बमोजिम गाउँपालिका बनाउन पाईने भन्दै वडालाई पालिका बनाउन अध्यक्ष देबकोटा लागेका छन् ।

१० वटा वडाहरु रहेको चन्द्रपुरको क्षेत्रफल २४९.६ वर्ग कि.मि.रहेको छ  भने वि.स.२०७८ को जनगणना अनुसार १६ हजार ८२० घरधुरी रहेकोमा पुरुष जनसँख्या ४० हजार ३०६ र महिलाको जनसँख्या ४१ हजार ५०३ गरी जम्मा जनसंख्या ८१ हजार ८०७ रहेको छ । गत निर्वाचनमा सो वडामा जम्मा ४ हजार ५ सय ६१ मतदाता रहेको निर्वाचन कार्यालयले जारी गरेको मतदाता नामावलीमा उल्लेख छ । यसले पनि जनसंख्या नपुग्ने भएकाले यो निर्णय संघले कार्यान्वयन गर्नेमा आफुहरु आशाबादी नरहेको वडाबासीनै बताउँछन् । 

प्रदेश सरकार र केन्द्रिय सरकारबाट निर्णय सदर भएमात्र वडा नम्बर ३ छुट्टै गाउँपालिका बन्नेछ ।

प्रकाशित मिति : ८ फाल्गुन २०८०, मंगलबार  १ : ४१ बजे