‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

इरानले बनायो युद्धपोत जहाज

तेहरान। इरानले स्वदेशमै निर्मित दुई वटा युद्धपोतहरू अनावरण गरेको छ। स्वर्गीय इरानी कमाण्डर कासिम सुलेमानीलाई सम्मान गर्दै 'शाहिद बाकेरी' र 'शाहिद सय्यद शिराजी' नामका जहाजहरू सार्वजनिक गरिएको हो।

इस्लामिक रिभोलुसन गार्ड्स कोर (आईआरजीसी) नौसेनाको 'शाहिद सुलेमानी' वर्गका रहेको बताइएको छ। देशको बढ्दो नौसैनिक क्षमताहरू प्रदर्शन गर्दै इरानले उक्त युद्धतोप बनाएको हो।

नौसेना कमाण्डर अलिरेजा ताङ्सिरीले  दिएको जनाकारी अनुसार ती जहाजहरू पूर्णरूपमा इरानीहरूले डिजाइन गरेका हुन्। जसको लम्बाइ ६७ मिटर छ भने स्टेल्थ टेक्नोलोजी र हतियारहरूले सुसज्जित छ।

चार वटा इन्जिनहरूद्वारा सञ्चालित हुने जहाले तीनवटा हल्का रकेट बोक्ने क्षमताको रहेको बताइएको छ। 

प्रकाशित मिति : ७ फाल्गुन २०८०, सोमबार  ९ : ३९ बजे