‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

पूर्वी अफगानिस्तानमा गएको पहिरोमा परी २५ जनाको मृत्यु

काबुल । पूर्वी अफगानिस्तानको नुरिस्तान प्रान्तको नोर्गाराम जिल्लामा आइतबार पहिरो जाँदा कम्तीमा २५ जनाको मृत्यु हुनुका साथै दश जना घाइते भएको स्थानीय प्रशासक कारी हबिबुल्लाह साबिरले सोमबार बताउनुभएको छ ।

 अधिकारीका अनुसार आइतबार राति नोरगरम जिल्लाको तातिन दारा क्षेत्रमा भारी वर्षा र हिउँ परेपछि भएको दुर्घटनामा महिला तथा बालबालिकालगायतका धेरै व्यक्ति परेका छन् । उनीहरूका अनुसार उद्धार कार्य जारी छ । 
पहिरोका कारण कम्तीमा २० वटा घरहरू क्षतिग्रस्त भएका छन् । 

घटनाको पुष्टि गर्दै राष्ट्रिय विपद् अधिकारीका प्रवक्ता मुल्लाह जानान स्याकले दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या परिवर्तन हुनसक्ने बताउनुभयो ।

राजधानी सहर काबुलसहित अफगानिस्तानका केही भागहरूमा आइतबार दिउँसोदेखि वर्षा र हिमपात भइरहेको छ । 
 

प्रकाशित मिति : ७ फाल्गुन २०८०, सोमबार  ८ : ४९ बजे