‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

नेपालले भारतमा त्रिकोणात्मक टी–२० सिरिज खेल्ने

​​​​​​​काठमाडौँ । नेपाली क्रिकेट टोलीले भारतमा दुई भारतीय घरेलु टोलीसँग त्रिकोणात्मक टि–२० सिरिज खेल्ने भएको छ । नेपालले गुजरात र बरोडासँग खेल्ने भएको हो ।

गुजरात क्रिकेट एसोसिएसन र बरोडा क्रिकेट एसोसियसनले फ्रेन्डसिप कप त्रिकोणात्मक टि–२० सिरिजमा नेपाललाई खेलाउने भएका हुन् ।

३१ मार्चदेखि सुरु हुने त्रिकोणात्मक सिरिज राउन्ड रोविनको आधारमा हुनेछ । नेपालको सिनियर टोलीसँगै स्टेट लेभल (रणजी खेल्ने) गुजरात र बरोडाको पहिलो रोजाईको टोली हुने बताएको छ ।

नेपालले जुनमा खेल्ने टि–२० विश्वकप अघि त्रिकोणात्मक सिरिज खेलेर अनुभव लिन लागेको हो । सिरिजका शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।

प्रकाशित मिति : ७ फाल्गुन २०८०, सोमबार  ७ : ४९ बजे