एमाले दोलखा जिल्ला समिति सदस्य कपिलमणि मृत्यु प्रकरणमा ५ जना पक्राउ

काठमाडौँ । नेकपा (एमाले) दोलखाका जिल्ला समिति सदस्य कपिलमणि न्यौपाने मृत्यु प्रकरणमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।

आरोपीहरूलाई पक्राउ गरेर आत्महत्या दुरुत्साहन गर्न नहुने कसुरमा अनुसन्धान सुरु गरिएको दोलखाका डीएसपी दीपक खड्काले बताउनुभयो।

पक्राउ पर्नेमा मेलुङ गाउँपालिका-१ स्थित सूर्योदय बचत तथा ऋण सहकारी लिमिटेडका अध्यक्ष छत्रराज उप्रेती, सहकारीको सञ्चालक समिति सचिव हरिबहादुर बुढा, व्यवस्थापक महेन्द्र भुजेल, सहसचिव शिवकुमार कार्की र सहकारीको सञ्चालक समितिका उपाध्यक्ष पुष्पाबहादुर लकाई छन् ।

माघ १५ मा राति कपिलमणि न्यौपानेको घरमा सञ्चालित सूर्योदय सहकारीबाट ३२ लाख ८७ हजार चोरी भएको थियो। सो प्रकरणमा प्रहरीले ४ जनालाई पक्राउ गरेर अनुसन्धान ग¥यो। तर, संलग्नता पुष्टि नभएपछि उनीहरूलाई रिहा गरिएको प्रहरीले जनाएको हो।

कपिलमणिले सामाजिक सञ्जालमा लेखेको सुसाइट नोटको आधारमा प्रहरीले अनुसन्धान गरिरहेको छ। न्यौपानेले नोटमा आफूलाई आत्महत्या दुरुत्साहन गर्नेहरूको नाम उल्लेख गरेका छन् ।

उहाँले नोटमा लेख्नभएको छ– ‘सहकारी चोरीको घटना सञ्चालकले गरेको नाटक हो । यो वर्षौँदेखि बनाएको योजनाअनुसार मलाई फसाउन खोजिएको हो। सञ्चालकले खाएको ऋण र  तिरेको भौचर अनुसार हेर्नु यसमा घोटाला छ। यससँगै मुकुन्द शोभित उप्रेती, पवित्रा बास्तोला, समिरा गौतम, अप्सरा खड्का, मुना कोइराला महेन्द्रको हात छ। मैले लिएको ऋण नरेलाई दिएको छ। मैले कुनै सामाजिक अपराध गरेको छैन, राम्ररी छानबिन गर्नु।’

 

प्रकाशित मिति : ६ फाल्गुन २०८०, आइतबार  ९ : ३१ बजे