यस्तो छ आजको मौसम पूर्वानुमान

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

बलम्बु प्रहरी प्रभागभित्र गोली चल्यो : दुई जना घाइते, इन्स्पेक्टर नियन्त्रणमा

काठमाडौं । प्रहरी प्रभाग बलम्बुमा गोली चल्दा दुईजना घाइते हुनुभएको छ ।

बलम्बु प्रभागका इन्चार्ज प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठले गोली चलाउँदा २ जना घाइते हुनुभएको हो ।

डीयूटीबाट फर्किएपछि पेस्तोल हतियार भण्डारणमा बुझाउने क्रममा गोलि ननिस्किएपछि प्रहरी निरीक्षक श्रेष्ठले पड्काउनुभएको थियो ।

श्रेष्ठले चलाएको गोली लागेर उहाँकै बडीगार्ड हवल्दार घाइते हुनुभएको हो । बडीगार्डको खुट्टामा गोली लागेको छ। यस्तै प्रहरी कार्यालयमै रहका सर्वसाधारणलाई पनि सामान्य चोट लागेको छ।

दुवै जनालाई उपचारका लागि सशस्त्र प्रहरी अस्पताल बलम्बुमा लगिएको छ। दुवैजनाको अवस्था खतरामुक्त रहेको छ । घटनापछि इन्चार्ज श्रेष्ठलाई नियन्त्रणमा लिइएको छ ।

श्रेष्ठलाई जिम्मेवारीबाट हटाएर अनुसन्धान थालिएको हो ।

प्रकाशित मिति : ६ फाल्गुन २०८०, आइतबार  ८ : ०८ बजे