नयाँ नेतृत्वका लागि प्रतिष्पर्धा गर्न एमालेमा खुला छ : पदम गीरी

काठमाडौं । नेकपा एमालेका नेता पदम गिरीले पार्टीमा नयाँ नेतृत्वका लागि प्रतिस्पर्धा गर्न आफ्नो पार्टी खुला रहेको बताउनुभयो।

नेपाल लिटरेचर फेस्टिभलमा बोल्दै १० औँ महाधिवेशनपछि पार्टीमा धेरै ठूलो परिवर्तन आएको बताउनुभएकाे हाे ।

उहाँले भन्नुभयाे ( नयाँ पुस्तामा पार्टीको केन्द्रीय तहदेखि तलसम्म उल्लेख्य मात्रामा आएका छन् । महाधिवेशनपछि हामीजस्ता दर्जनौँ युवाहरू केन्द्रीय कमिटीमा छौँ । र, पार्टीमा मात्रै होइन संसदीय मोर्चामा पनि हामीलाई जिम्मेवारी दिएको छ । पार्टीको सिंगो नेतृत्व नयाँ पुस्तालाई अघि बढाउन गम्भीर छ । पार्टीमा नयाँ नेतृत्वको कुरा गर्दा प्रणाली पनि स्थापित छ । प्रतिस्पर्धा गरेर कोही व्यक्ति पनि नेतृत्वमा आउन खुला वातावरण छ ।

पार्टीमा गुटबन्दी समस्याका रूपमा रहेको स्वीकार गर्दै लोकतान्त्रिक विधि र प्रक्रिया निर्माणमा जाँदा सबै समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभयो।

 

प्रकाशित मिति : ५ फाल्गुन २०८०, शनिबार  ४ : १७ बजे