युवाको सहयोगमा गाउँमा एम्बुलेन्स

दमक । रोजगारीको सिलसिलामा हङकङ बस्दै आउनुभएका उर्लाबारीका युवाले गाउँमा एम्बुलेन्स उपलब्ध गराएका छन् ।

उर्लाबारी नगरपालिकालाई हङकङमा बसोबास गर्दै आएकापरिवारले रु २५ लाख ५० हजार सङ्कलन गरी पठाएको रकमबाट एम्बुलेन्स खरिद गरी सञ्चालनमा ल्याइएको वडा नं ९ का अध्यक्ष नरबहादुर मोक्तानले राससलाई बताउनुभयो । वडाध्यक्ष मोक्तानका अनुसार एम्बुलेन्स सेवा विपन्न परिवारलाई निःशुल्क प्रदान गरिनेछ । 

नगरपालिकाले विपन्न परिवारसम्बन्धी कार्यविधि बनाइरहेको तथा त्यो तयार भएपछि विपन्न परिवार परिचयपत्र वितरण गरी त्यसका आधारमा सेवाग्राहीलाई निःशुल्क सेवा गरिनेछ । 

एम्बुलेन्स खरिदका लागि हाल हङकङमा बस्दैआउनुभएका उर्लाबारी–९ का याम सेम्बुले एक्लैले रु पाँच लाख ३० हजार एक सय ७६ र अन्य दाताले थप रकम उपलब्ध गराउनुभएको हो । 
 

प्रकाशित मिति : ५ फाल्गुन २०८०, शनिबार  १२ : ३७ बजे