साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

वैद्यका कार्यकर्ताले डीडीसीका महाप्रबन्धकलाई पनि दले कालोमोसो

काठमाडौं । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीनिकट युवा संगठनले दुग्ध विकास संस्था (डिडिसी) का महाप्रबन्धक सञ्जीव झालाई कालोमोसो दलेको छ ।

दूध बेचेको करिब १७ करोड रूपैयाँ दाखिला नगरी व्यक्तिगत प्रयोजनमा खर्च गरेको, डीडीसीले किसानबाट दूध खरिद गरेको ८५ करोड रूपैयाँ बक्यौता तिर्न आलटाल गरेको, कर्मचारीको सरुवा-बढुवामा आर्थिक लाभ लिएको, महाप्रबन्धकको नियुक्ति लिएयता पहिलो वर्ष ३७ करोड र दोस्रो वर्ष ६० करोड घाटामा लगेकोलगायतका आरोपमा झालाई कालोमोसो दलिएको क्रान्तिकारी युवा संगठनका केन्द्रीय अध्यक्ष हरिश भट्टले बताए ।

यसअघि सोमबार यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालमाथि उक्त संगठनले मोसो दलेको थियो । यसै साता डडेल्धुरामा सिँचाइ योजनामा भ्रष्टाचार गरेको भन्दै आलिताल गाउँपालिका-३ का जयसिंह महरलाई आइतबार दिउँसो कालोमसो र जुत्ताको माला लगाएर दुर्व्यवहार गरिएको थियो ।

प्रकाशित मिति : ४ फाल्गुन २०८०, शुक्रबार  २ : २९ बजे