‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

अयोध्याकाे राम मन्दिर र लखनउको एक प्रहरी थानालाई बमले उडाउने धम्की

उत्तर प्रदेश । अयोध्यामा राम मन्दिर र लखनउको एक प्रहरी थानालाई बमले उडाइदिने धम्कीपूर्ण चिठ्ठी आएको छ । प्रहरीले सितापुर रोडस्थित पाल रेस्टोरेन्ट नजिकै यो चिठ्ठी फेला पारेको हो । चिठ्ठीमा दुई जनाको नाम र एक युवतीको मोबाइल नम्बर लेखिएको छ ।

यस मामिलामा यूपीको बिकेटी प्रहरी थानामा अज्ञात मानिसहरुविरुद्ध उजुरी दर्ता गरिएको छ । प्रहरीले यस मामिलाबारे छानबिन शुरु गरेको छ । यस अघि पनि यूपीमा एक युवतीको नाम र नम्बर लेखिएको यस्तै खालको पत्र ठाउँ ठाउँमा भेटिएको छ । यस्तै खालको पत्रबारे प्रहरीले यस अघि नै छानबिन शुरु थालेको थियो ।

तर ती चिठ्ठी विरुद्ध कुनै एफआईआर भने दर्ता भएका थिएनन् । भर्खरै भेटिएको चिठ्ठीको विषयमा भने प्रहरीले एफआईआर दर्ता भएपछि छानबिन शुरु गरेको छ । युवतिलाई बदनाम गर्ने नियतले यस्तो गरिएको हो कि भन्ने आशंका पनि प्रहरीको छ ।– एजेन्सी

प्रकाशित मिति : ४ फाल्गुन २०८०, शुक्रबार  २ : ०८ बजे