साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

छायाँनाथ राराले ल्यायो आफ्नै पहिचान झल्किने लोगो

मुगु  । मुगुको एक मात्र नगरपालिका छायाँनाथ रारा नगरपालिकाले आफ्नै पहिचान झल्किने लोगो निमार्ण गरेको छ । 

स्थानीय सरकारले आफ्नै पहिचान झल्किने गरी प्रतीक चिन्ह लोगो प्रयोग गर्न पाउने व्यवस्था अनुसार छायाँनाथ रारा नगरपालिकाले आफ्नै पहिचान झल्किने प्रतीक चिन्ह लोगो निमार्ण गरेको हो ।

छायाँनाथ रारा नगरपालिकाको पर्यटन,पहिचान ऐतिहासिक जनजीवन, भूगोल सांस्कृतिक पहिचान झल्किने गरी प्रतीक चिन्ह लागो निमार्ण गरेर सञ्चालनमा ल्याएको छायाँनाथ रारा नगरपालिकाले जनाएको छ ।

नगरपालिका कार्यपालिकाको गत माघ २४ गते बसेको बैठकले स्थानीय सरकार सञ्चालन ऐनले दिएको अधिकार प्रयोग गर्दै आफ्नै पहिचान झल्किने गरी लोगो निमार्णका गर्ने निर्णय गरेको थियो ।

सोही अनुसार छायाँनाथ रारा नगरपालिकाको पहिचान झल्किने गरि  नगरपालिका भित्र रहेका पर्यटकीय क्षेत्र नेपालको सबैभन्दा ठुलो ताल रारा ताल, चंखेली हिमाल, छायाँनाथ मन्दिर र धानका बाला, नगरपालिकाको नक्सा,नेपालको नक्सा,राष्ट्रिय झण्डा लगायतका पर्यटकीय क्षेत्र समावेश गरेर नगरपालिकाको लोगो निमार्ण गरेको छायाँनाथ रारा नगरपालिका नगर प्रमुख बिष्णु कुमार भामले जानकारी गराउनु भयो ।

उहाँका अनुसार बुधबारदेखि नेपाल सरकारको लोगो र स्थानीय सरकार छायाँनाथ रारा नगरपालिकाको लोगोसहितको लेटरहेड सञ्चालनमा ल्याइएकाे छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०८०, शुक्रबार  ८ : २६ बजे