दाङमा महिला प्रहरीमाथि गोली प्रहार

दाङ । दाङमा महिला प्रहरीमाथि गोली प्रहार भएको छ।

घोराही बजारमा महिला प्रहरीमाथि गोली प्रहार भएको हो। गोली लागेकी महिला प्रहरीको अवस्था गम्भीर छ। 

गोली हानेको अभियोगमा दाङको लमहीबाट एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

नियन्त्रणमा लिएका व्यक्ति पनि प्रहरी रहेको र उनी बाँकेमा कार्यरत रहेको प्रहरीले बताएको छ।

घटनाको थप विवरण आउन बाँकी छ।

प्रकाशित मिति : ३ फाल्गुन २०८०, बिहिबार  ९ : ३६ बजे