ललिता निवास जग्गा हिनामिना प्रकरण : जग्गा व्यक्तिको नाममा लैजाने कर्मचारी र विचौलिया दोषी ठहर

काठमाडौं । विशेष अदालतले बालुवाटारस्थित ललिता निवासले चर्चेको सरकारी जग्गा व्यक्तिको नाममा दाखिल गर्ने कलाधर देउजासहित मालपोत कार्यालय डिल्लीबजारका कर्मचारीहरुलाई दोषी ठहर गरेको छ ।

त्यस्तै सो जग्गा व्यक्तिको नाममा ल्याउन भूमिका खेल्ने रामकुमार सुवेदी, शोभाकान्त ढकाललाई पनि दोषी ठहर गरेको छ । 

मन्त्रिपरिषद्को निर्णयको आवरणमा सरकारी जग्गा व्यक्तिको नाममा लैजाने कर्मचारीसहित सुवर्ण शमशेरको परिवारलाई पनि  अदालतदे दोषी ठहर गरेको छ ।

अदालतले सुरुमा उक्त जग्गा व्यक्तिको नाममा लैजाने भनेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेकामध्ये हेमाद्री शमशेर राणालाई भने सफाइ दिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७६ साल माघ २२ मा ११० जनासँग बिगो र कैद तथा ६५ जनाबाट जग्गा जफत गर्ने सम्बन्धी अभियोगमा मुद्दा दायर गरेको थियो ।

विशेष अदालतले ललिता निवास परिसरको सरकारी जग्गा हिनामिना प्रकरणको आज फैसला गरेको हाे। २३ दिनपछिको लगातार सुनुवाइपछि बिहिबार फैसला भएको हो । अहिले अदलतले फैसला सुनाइरहेको छ ।

 

प्रकाशित मिति : ३ फाल्गुन २०८०, बिहिबार  ६ : ५६ बजे