विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

आईसीसी क्रिकेट विश्वकप लिग २ : सोमपाल पनि आउट, संकटमा नेपाल

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नामिबियासँगको खेलमा लगातार विकेट गुमाएपछि नेपाल संकटमा परेको छ ।

नेपालले २१.४ ओभरमा ६ विकेट गुमाएर मात्र ७३ रन बनाएको छ । छैटो विकेटका रुपमा सोमपाल कामी व्यक्तिगत २ रनमा आउट भएका हुन् ।

जेरार्ड एरास्मसको बललँईसोमपालले स्वीप खेल पनि मिडविकेटका जेन फ्रेलिंकले उत्कृष्ट रनिङका साथ स्क्वायर लेगमा उत्कृष्ट क्याच लिए ।

यसअघि १९.५ ओभरमा कप्तान जेरार्ड एरास्मसले नै कुशल मल्ललाई आउट गरेका थिए । मल्ल सट थर्डम्यानमा लुंगामेनीबाट क्याच आउट भएका छन् ।

कुशललाई आउट गर्नको लागि जेरार्ड रणनीतिक हिसाबमा आफैं अफ स्पिन बलिङ लिएर आएका थिए । उनको यो रणनीति सफल भएको छ र उनी कुशल र सोमपालको विकेट लिन सफल भएका छन् ।

यसअघि कप्तान रोहितकुमार पौडेल चौथो विकेटका रुपमा ज्याक ब्रासेलको बलमा बोल्ड भएका थिए । इन साइड एज लागेर बोल्ड आउट भएका उनले १० बलमा खाता खोलेका थिए । १३ बल खेलेर आउट भएका रोहितले दोस्रो रन थप्न सकेनन् ।

एक दिवसीय क्रिकेटमा डेब्यू गरेको यू–१९ टिमका खेलाडी ब्रासेलले यसअघि ३.५ ओभरमा ओपनर आसिफ शेखलाई पनि आउट गरेका थिए ।

ज्याक ब्रासेलको बलमा आसिफ सिल्ली मिडअनमा जेजे स्मिथको हातबाट सहज क्याच आउट भए । यसअघि नेपालले ओपनर कुशल भुर्तेललाई रोयल डक र तेस्रो नम्बरका ब्याटर अनिल साहलाई ८ रनमा गुमाएको थियो ।

प्रकाशित मिति : ३ फाल्गुन २०८०, बिहिबार  ११ : ३२ बजे