साफ यू–१७ च्याम्पियनसिप आजदेखि

प्रधानमन्त्रीको आह्वानमा सर्वदलीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले  आज सर्वदलीय बैठक बोलाउनु भएको छ । 

प्रधानमन्त्री ओलीले आज विहान ११ बजे प्रधानमन्त्री निवास, वालुवाटरमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको बैठक बोलाउनु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले जानकारी दिनुभयो । 

बैठकमा कोरोना भाइरसको संक्रमण, संसदको हिउँदे अधिबेशन र समसामयिक राजनीतिक विषयमा छलफल हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले बताउनुभयो । 

प्रकाशित मिति : ४ बैशाख २०७८, शनिबार  ८ : २७ बजे